अब अमेरिकामा जहाज, रेल र बस चढ्दा मास्क लगाउनु नपर्ने

अमेरिकामा अदालतले हटाइदियो जहाज, रेल र बस चढ्दा मास्क लगाउनु पर्ने नियम हटाइएको छ। अमेरिकामा हवाईजहाज, रेल र बसजस्ता सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्ने नियम एक अदालतले हटाइदिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडाकी न्यायाधीश क्याथरिन किम्बल मिजेलले सोमबार सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्ने नियम कानुनसम्मत नभएको भन्दै हटाइदिएकी हुन्।

न्यायाधीश क्याथरिनलाई तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए। अदालतको आदेशपछि अमेरिकाका प्रमखु एयरलाइन्सहरूले आन्तरिक उडानमा यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएका छन्। मास्क लगाउने कुरा अब यात्रुको इच्छाको कुरा भएको छ।

अमेरिकामा स्वास्थ्य अधिकारीहरूले मे ३ सम्ममा सार्वजनिक सवारीमा मास्क अनिवार्य लगाउनु पर्ने नियम लगाएका थिए। अमेरिकामा दैनिक ३५ हजार मानिस कोरोना संक्रमित भइरहेका बेला आएको अदालतको यो आदेशलाई राष्ट्रपति कार्यालय ह्वाइटहाउसले दु:खद भनेको छ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२१ को फेब्रुअरीदेखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्न भनेको थियो।

सम्बन्धित शिर्षकहरु