काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले अपराजित यात्रा कायमै राखेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हो। नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। हारसँगै मलेसिया भने सिरिजबाट बाहिरिएको छ।
दीपेन्द्रले अविजित ११० रन बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२३ रन बनाएको थियो । २२४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
नेपालले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो। मलेसियाका लागि ओपनर विरानदीप सिंहले सर्वाधिक ४७ रन बनाए । अर्धशतकको नजिक पुगेका विरानदीप कमल सिंह ऐरिको बलिङमा आशिफ शेखले क्याच आउट गरेका थिए।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ५ विकेटको क्षति ब्यहोर्दै २२३ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरिले शतक पूरा गरे। ५७ बल खेलेका ऐरिले १० चौका र ६ छक्का प्रहार गरी ११० रन बनाए ।
अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपालको चौथो शतक हो । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरिसकेका छन्।
आजकै खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाए । टि–२० अन्तर्राष्ट्रियमा पौडेलको पहिलो अर्धशतक हो। उनले ३४ बलमा ५ चौकाको मद्दतबाट ५१ रन बनाए।
ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए।
नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। हारसँगै मलेसिया भने सिरिजबाट बाहिरिएको छ।








