पश्चिमी वायूको सामान्य प्रभाव: कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

काठमाडौं  । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको छ।

देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको र अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०१ गते (आइतबार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

फागुन ०२ गते (सोमबार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित शिर्षकहरु