अष्ट्रेलिया । कोरोनाका कारण अष्ट्रेलियामा कामदारको चरम अभाव भएको छ ।
कामदारको अभाव भएपछि सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकको निर्णय सुनाउदै प्रधानमन्त्री स्कट मोरिसनले जनवरी १९ देखि ८ हप्ताभित्र अष्ट्रेलिया प्रवेश गर्ने विदेशी विद्यार्थीलाई अध्यागमन विभागले शुल्क फिर्ता गर्ने बताएका हुन् ।
प्रधामन्त्रीका अनुसार हाल १ लाख ५० हजार विद्यँर्थी भिषा लगाएर बसेका छन् । उनीहरु छिट्टै अष्ट्रेलिया आउन भनेर भिषा शुल्क फिर्ता दिन लागिएको प्रधानमन्त्री मोरिसनले बताउनुभयो । कोरोनाका कारण अष्ट्रेलियामा कामदारको चरम अभाव भएको छ । भिषा शुल्क वापत विद्यार्थीले ६ सय ३० डलर तिर्ने गरेका छन् ।
यसअघि सरकारले विद्यार्थी भिषावहाकलाई काम गर्ने समयमा लाग्ने प्रतिबन्ध हटाइसकेको छ । विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने नियम थियो ।








