अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

काठमाडौं ।काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अतिआवश्यक काम नपरी विदेश भ्रमणमा नजान सरकारले नागरिकलाई आह्वान गरेको छ ।

अध्यागमन विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आह्वान गरेको हो । विभागको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’

गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधबार ट्राभल एडभाइजरी जारी गरेको छ । नेपाल सरकारले ओमिक्रोनको संक्रमण शुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको थियो । रोकको निर्णयले निरन्तरता पाएको छ । तीन साता भित्र ती मुलुकको भ्रमण गरेका यात्रुले समेत नेपाल आउन पाउँदैनन् ।

सम्बन्धित शिर्षकहरु