विश्वकप स्विजरल्याण्डलाई पराजित गर्दै स्वीडेन क्वार्टरफाइनलमा

एजेन्सी । स्विजरल्याण्डलाई पराजित गर्दै स्वीडेनले विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ मंगलबार भएको प्रिक्वार्टरफाइनलको खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

स्वीडेनका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा निर्णायक गोल गरेको हो। इमिल फोर्सबर्गले ६६ औं मिनेटमा स्वीडेनका लागि निर्णायक गोल गरेका हुन्।

फोर्सबर्गले डी बक्सबाट प्रहार गरेको बल सजिलै गोलकिपर यन सोमरको हातमा जादै थियो तर बीचमा डिफेन्डर मान्युयल आकान्जीले रोक्न खोज्दा उनको खुट्टामा लाग्दै बलले पोस्टको दायाँ किनारबाट जाली चुमेको थियो। योसँगै स्विडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। सन् १९९४ मा सेमिफाइनलमा पुगेको स्विडेन त्यसयता क्वार्टफाइनलमा पुग्न सकेको थिएन।

अब स्विडेनले सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड वा कोलम्बिया मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित शिर्षकहरु