असार १। कञ्चनपुर, वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्न कञ्चनपुरको दक्षिणी क्षेत्रमा चोरी–सिकारी नियन्त्रणसम्बन्धी दुईदिने तालिमको आयोजना गरियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा संरक्षण कार्यक्रम कञ्चनपुुरको आयोजनामा दक्षिणी क्षेत्रको शुक्लाफाँटा आरक्षको बेल्डाँडीमा सरोकारवालालाई सोमबारदेखि सोसम्बन्धी तालिम दिइएको हो ।
चोरी–सिकारी नियन्त्रण समितिलाई सक्रिय बनाई लोपोउन्नुख चराचुरुङ्गी, जङ्गली जनावरको संरक्षणसम्बन्धी महत्वपूर्ण भूमिकाका बारेमा तालिम दिने प्रशिक्षक प्रमोद सुवेदीले बताउनुभयो । तालिमबाट वन, पर्यावरण र वन्यजन्तु संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ ।
सहभागीहरुले मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरले निक्कै ठूलो नोक्सान पु¥याउने गरेकाले क्षतिपूर्तिमा केही वृद्धि गरिनुपर्नेमा जोड दिएका छन् ।
साथै चोरी–सिकारी नियन्त्रण गर्न सामुदायिक वनका प्रमुख, प्रहरी प्रमुख, वन रक्षक र स्थानीय अगुवाको प्रत्येक महिनामा बैठक गरिनुपर्ने स्थानीय सहभागी नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । तालिममा सो क्षेत्रका ३० जनाको सहभागिता रहेका छन् ।








