एक नम्बर प्रदेशमा एमाले उम्मेवारहरुको चयन

असार २ । काठमाडौं, नेकपा एमालेले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि १ नम्बर प्रदेशमा सबै उम्मेवारहरुको टुंगो लगाएको छ । पार्टीले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवाको टुंगो लगाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो ।
गाउँपालिका तथा नगरपालिकाहरुको उम्मदेवारी १ नम्बर प्रदेश कमिटीले टुंग्याएको उहाले बताउनु भयो ।
त्यसैगरी उपमहानगर र महानगरपालिकाको उम्मदेवारी स्थायी कमिटीबाट निर्णय भएअनुसार तय भएको एमाले सचिव भट्टराईले बताउनु भयो ।

बिराटनगर उपमहानगरपालिकाको उपमेयरमा भने एमालेले उम्मदेवार तय गरेको छैन । अन्य दलसँग तालमेलका लागि मेयरमा मात्रै उम्मदेवार घोषणा गरिएको एमाले नेताहरुको भनाइ छ ।

बिराटनगरपछि मोरङको दोस्रो ठूलो नगरपालिकाका रुपमा रहेको सुन्दर हरैंचामा एमालेले उम्मदेवार टुंगो लगाएको छैन ।

एमालेले बेलबारी नगरपालिकामा पनि उम्मदेवारको टुंगो लगाएको छैन । त्यस्तै मोरङ बुढीगंगा गाउँपालिकामा पनि उम्मदेवारको टुंगो लगाउन बाँकी छ ।
मोरङ जिल्लाका केही स्थानीय तहमा भने विवादका कारण उम्मदेवारको टुंगो लाग्न सकेको छैन ।

सम्बन्धित शिर्षकहरु