अस्ट्रेलिया सरकारविरुद्धको मुद्धा जोकोविचको पक्षमा, अस्ट्रेलियाबाट क्षतिपूर्ति पाउने

अस्ट्रेलिया । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेका छन्।

अस्ट्रेलियन ओपन टेनिस खेल्नका लागि पुगेका जोकोविचको भिसा अस्ट्रेलिया सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई लिएर रद्द गरेको थियो। भिसा रद्द गर्ने निर्णयविरुद्ध जोकोविचले मुद्दा दायर गरेका थिए।

सोमबार अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेका थिए। न्यायाधीश एन्थोनी केल्लीले बहस सुनेपछि सरकारलाई भिसा रद्द नगर्न र जोकोविचलाई परेको आर्थिक भारको क्षतिपूर्ति दिन निर्देशनसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जोकोविचले खोप लगाउनुपर्ने नियमलाई चुनौती दिएका हुन्। जोकोविचले अहिलेसम्म आफूले खोप लगाए–नलगाएकोबारे बताएका छैनन्, तर गएको वर्ष उनले आफू खोपको विपक्षमा रहेको उल्लेख गरेका थिए।

अदालतमा पेश गरिएको कागजातअनुसार जोकोविचले कोरोनाविरुद्धको खोप नलगाएको खुलेको छ।

सम्बन्धित शिर्षकहरु