भूपिनको उपन्यास ‘मैदारो’लाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार

काठमाडौं । युवा लेखक भूपिनको उपन्यास मैदारोले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार जितेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मैदारोलाई सर्वोत्कृष्ट पुस्तक पुरस्कार दिने घोषणा गरेको हो ।

यो पुरस्कारको राशि २१०० अमेरिकी डलर ९दुई लाख ५४ हजार रुपैयाँ० रहेको छ ।

दलित समुदायको वेदना बोकेको, मर्मस्पर्शी विषय समेटिएको, रसिक ढाँचामा लेखिएको साहित्य हो, भूपिनको उपन्यास ‘मैदारो’ ।

नेपाली समाजमा विद्यमान छुवाछूतसम्मको जातीय विभेदलाई अविलम्ब हाम्रै पालामा हामीले नै ‘मैदारो’ गर्नुपर्छ भन्ने उद्देश्य बोकेको छ ।

स्वाभिमानको सपना बोकेर जनयुद्धमा लागेका र जातीय विभेदको पीडा असह्य भएर आत्महत्या गर्ने हजारौँ दलितको प्रतिनिधित्व गरेका छन्, यस उपन्यासका पात्रले । छुवाछुत मुक्तिका लागि सचेतना जगाउन राजनीतिक, सांगठनिक र सामाजिक अभियानका शृंखला रसपूर्वक जोडिएका छन् ।

खासगरी यसमा समेटिएको बागलुङको अँधेरी खोला र अँधेरी गाउँले सिंगो मुलुकको प्रतिनिधित्व गरेको छ ।

गरिब दलितको छोराले पढ्दाका बखत भोग्नुपर्ने जातीय असमता र आर्थिक विषमता, स्कुल पास गरेपछि पनि उच्च शिक्षा आर्जन गर्ने गक्ष नहुँदा मुगलान भासिनुपर्ने यथार्थ, कसैका जीवनमा एकादुई दातृ–संस्थाको सदाशयले अघि बढ्न पाएका अवसरलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ ।

सम्बन्धित शिर्षकहरु