अष्ट्रेलियासँग बेलायतको स्वतन्त्र व्यापार सम्झौता,उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा

अष्ट्रेलिया । बेलायतले अष्ट्रेलियासँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ। बीबीसीका अनुसार बिहीबार यो सम्झौतामा हस्ताक्षर भएको हो। बेलायतले यो सम्झौताले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने बताएको छ।

युरोपेली संघ(ईयू)बाट बाहिरिएपछि बेलायतले अष्ट्रेलियासँग उक्त सम्झौता गरेको हो। यो सम्झौताअनुसार अष्ट्रेलिया र बेलायतको व्यापारिक सम्बन्ध बेलायत ईयूमा रहँदाको अवस्थाजस्तै हुनेछ।

यो सम्झौताले दुई मुलुकबीच वार्षिक १० अर्ब ४० करोड पाउण्ड बराबरको व्यापार बढ्ने अनुमान छ। यद्यपि अष्ट्रेलियाबाट आउने सस्तो सामग्रीको कारण बेलायतका किसान भने समस्यामा पर्न सक्ने आलोचकहरूले बताएका छन्।

बिहीबार एच भर्चुअल सम्मेलनका बीच यो सम्झौतामा हस्ताक्षर भएको हो। यो सम्झौता आगामी वर्षदेखि कार्यान्वयनमा आउनेछ। अष्ट्रेलियाले पनि यो सम्झौता हुनु निकै महत्वपूर्ण भएको बताउँदै यसले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित शिर्षकहरु