योग गर्नुका यति धेरै फाइदाहरु

काठमाडौं । सामान्यतया प्राय सबै व्यक्तिहरुको योग गर्ने तथा ध्यान गर्ने बानी हुन्छ दैनिक रुपमा योगा गर्ने व्यक्तिहरुको दैनिकी सहज रुपमा बितेको महशुुस हुन्छ ।

किनकि, ध्यान तथा योगा गर्ने बानीले मानिकको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिइराख्नु पर्छ । खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ।

यस्ता छन् योग गर्नुका फाइदाहरु

–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

–सकारात्मक भावनाको विकास हुन्छ ।

–अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

–डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

–तनाव नियन्त्रण गर्छ ।

–पारिवारिक सद्भाव बढ्छ ।

–ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

–शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

–ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

सम्बन्धित शिर्षकहरु