उपत्यकामा १० हजार बढी सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ९१० जना थप

काठमाडौं । काठमाडौं उपत्यकामा ९१० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्।

यो सहित काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १० हजार २२६ पुगेको छ । त्यसमध्ये काठमाडौंमा ७ हजार १९३ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ७४५ र भक्तपुरमा एक हजार २८८ सक्रिय संक्रमित छन् ।

सम्बन्धित शिर्षकहरु