अमेरिकी फिल्म फेस्टिवलमा ‘देश खोज्दै जाँदा’ चल्ने

असनेपाल न्युज । निर्देशक आङ्देम्बे निर्देशीत भुटानी शरणार्थीको कथामाथि तयार भएको फिल्म ‘देश खोज्दै जाँदा’ अमेरिकाको मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा देखाइने भएको छ। भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडालगायत विभिन्न देशका फिल्मको सहभागी रहने यो फेस्टिवलका लागि नेपालबाट छनौट भएको यो एकमात्र फिल्म हो। यस फिल्ममा भुटानी शरणार्थीहरुको जीवन भोगाइलाई यथार्थ परक रुपमा उतारिएको छ ।

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीन दिने फेस्टिवलमा यही अगस्ट १९ शनिवार विहान १० बजेदेखि ‘देश खोज्दै जाँदा’ स्क्रिनिङ हुने फिल्मका निर्देशक प्रकाश आङ्देम्बेले जानकारी दिए। आङ्देम्बेको यो पहिलो निर्देशकिय फिल्म हो। फेस्टिवलमा फिल्मका तर्फबाट पोस्टप्रोडक्सन–आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुनेछन्।

सम्बन्धित शिर्षकहरु