माघ २६ । काठमाडौं, सरकारले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र बुधबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
कोइरालाको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा गरिनेछ ।
कोइरालाको निधनको शोकमा २७ देखि २९ गतेसम्म देशभरका सरकारी कार्यालयहरु र स्वदेश तथा विदेशका कुटनीतिक नियोगका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । सो अवधिभित्र कुनै पनि औपचारिक कार्यक्रमहरु गरिनेछैन ।


![g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL ;'zLn sf]O/fnfsf] kfly{s z/L/ dxf/fhuGh lgjf;af6 eb|sfnL x'Fb} kf6L{ sfof{no ;fg]kf nlub}+ ;fydf ;xefuL sfo{stf{x? . tl:a/ M /Tg >]i7, /f;; .](http://ausnepalnews.com/wp-content/uploads/2016/02/1454992908469_RS-KTM-koiralas-death-body-3-300x200.jpg)






