कसरी अघि बढे तीन दल?

sushil-oli-prachanda-1भदौ २८ । काठमाडौँ, दुई दिनसंविधानको प्रक्रिया रोक्दा पनि मधेसी दल वार्तामा नआएपछि प्रमुख तीन दलले संधिवान पारित गर्ने प्रक्रिया अघि बढाएका छन् । मधेसी दलहरूले प्रक्रिया रोक्नुपर्ने माग राखेका कारण त्यसका लागि माहौल बनाउँदै गत शुक्रबार प्रमुख दलहरूको आग्रह संविधानसभाको प्रक्रिया दुई दिन स्थगन भएको हो ।

स्थगनका दुई दिन मधेसी दलका नेताहरू वार्ताबारे गम्भीर पहल नभएको भन्दै छलफलमै आउन चाहेनन् ।  यसबीच पछिल्लो पटक प्रक्रियाबाट बाहिरिएको फोरम लोकतान्त्रिकसँग मात्र तीन दलका नेताले एक पटक छलफल गरे । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पूर्वका झापा, मोरङ, सुनसरी तथा पश्चिममा  कैलालीको विवाद संघीय आयोगको सिफारिसमा टुंग्याउने गरी अघि बढ्न प्रस्ताव गरेका थिए । जसमा तीन दल सहमत हुन सकेनन् ।  अन्य मधेसी दललाई औपचारिक रूपमा पटक–पटक दलहरूले आह्वान गरेका थिए ।

प्रधानमन्त्रीले लिखित पत्राचार नै गरेका थिए ।  त्यसबाट पनि  मधेसी दलले चित्त नबुझाएपछि तीन दलका नेताले संयुक्त रूपमा आह्वान गरे । दुई पटक पत्राचार र माग अनुसार दुई दिन पक्रिया स्थगन गर्दा पनि वार्ताका लागि सकारात्मक सन्देश नपाएपछि आइतबार विहान तीन दलबीच प्रक्रिया अघि बढाउने सहमति भएको हो । आइतबार विहान बोलाइएको बैठक अगावै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । बैठकमा दुई दिन प्रक्रिया रोक्दा भएको प्रगतिबारे समीक्षा गरेको थियो । बैठकले दुई तिहाई भन्दा बढी मत हुने दलले पटक–पटक वार्ता मार्फत समाधान गर्छौं भन्दा पनि वेवास्ता गरिएकाले प्रक्रिया अघि बढाउनु पर्ने निर्णय गर्यो ।

एमालेले पनि आइतबार विहानै संसदीय दलको बैठक बसेको थियो । बैठकमा अध्यक्ष केपी ओलीले प्रक्रिया अघि बढाउनका निम्ति एक ढिक्का भएर प्रस्तु हुन आफ्ना सभासद्हरूलाई निर्देशन दिएका थिए । एमाओवादीको  चाहिँ आएतबार कुनै औपचारिक बैठक भएन । अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायाणकाजी श्रेष्ठबीच अनौपचारिक कुराकानी भयो । त्यसम भट्टराई र श्रेष्ठले आइतबार शीर्ष नेताले बोलेर बैठक स्थगन गर्नुपर्ने र वार्ता तर्फ लाग्नु पर्ने प्रस्ताव गरेका थिए । तर अध्यक्ष दाहालले दुई दिन पर्खंदा समेत कुनै सकरात्मक सन्देश नआएकाले अव संविधान जारी गर्नुपर्ने अडान लिएका थिए । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु