राष्ट्र गुरु ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक

काठमाडौँ । राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन भएको छ । पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ ।
विश्व केसी पोखरेलले लेख्नुभएको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । ६२ पृष्ठको पुस्तकको मूल्य रु १०१ राखिएको छ । रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गर्नुभएको पुस्तकको आज भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिएको कार्यक्रममा विमोचन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँहरुले संक्षिप्त पुस्तक भएपनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएकामा जोड दिनुभयो । मृगस्थलीमा योगी नरहरिनाथले लेख्नुभएका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकामा दुःख लागेको उल्लेख गर्नुहुँदै ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने माग गर्नुभयो । योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकार भएको निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।

सम्बन्धित शिर्षकहरु