नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार नयाँबानेश्वरमा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि पार्टी संसदीय दलको बैठक साउन ३ गते आइतबार दिउँसो दुई बजे संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बोलाइएको छ ।
सम्मेलन केन्द्रको ल्होत्से हलमा दुई बजे दलको बैठक भन्ने सन्देश प्राप्त भएको सांसद डिला सङ्ग्रौलाले जानकारी दिनुभयो । विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा भूमिका निर्वाह गर्दै आएको काँग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने जनाइएको छ । आइतबार दिउँसो चार बजे संसद् बैठकसमेत बोलाइएको छ । यसअघि बिहान १० बजे संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।

सम्बन्धित शिर्षकहरु