भूमाफियाले हडपेको जोगीकुटीको सार्वजनिक जग्गामा उद्यान

काठमाडौँ । बुद्धनगर टोल सुधार समितिको पहलमा भूमाफियाले कब्जा गरेको काठमाडौँ महानगरपालिका वडा नं. १० स्थित जोगीकुटीको जग्गामा सामूहिक हितका लागि उद्यान निर्माण भइरहेको छ ।
सर्वोच्च अदालतले भूमाफियाको चंगुलबाट छुटकारा दिलाई सार्वजनिक कायम गरेको सुवर्ण मार्गको एक रोपनी एकआना जग्गालाई खुला एवं हरियाली उद्यानका रुपमा विकास गर्ने काम भइरहेको वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सर्वोच्च अदालतले सार्वजनिक कायम गरेर उद्यान निर्माण शुर भइसकेपछि जानकी तिमिल्सिनाले पुन ः कात्तिक २६ गते सर्वोच्चको संवैधानिक इजलासमा मुद्दा पुनरावलोकन गरी पाउँ निवेदन दर्ता गर्नुभएको थियो । रिटमा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले मुद्दा दोहो¥याएर हेर्न अनुमति नदिने फैसला गरेको हो । फैसलापछि उद्यान निर्माणलाई अन्तिम रुप दिन लागिएको हो ।

 

उक्त जग्गामा बृहत्तर समूदायको हितको लागि उद्यान निर्माण गर्न विघटित प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले रु ५० लाख सहयोग गर्नुभएको छ । नेता सिंहले सङ्घीय सांसद स्थानीय साझेदारी विकास कार्यक्रम अन्तर्गत रू ५० लाख विनियोजन गर्नु भएको हो । सोही बजेटबाट हाल उद्यान निर्माणको काम भइरहेको प्रदेशसभा सदस्य श्रेष्ठले सुनाउनुभयो ।
शहरको बीच भागमा एक रोपनी एक आना जग्गामा उद्यान निर्माण भई खुला स्थान रहने भएपछि भूकम्प, आगलागीजस्ता प्राकृतिक प्रकोपका बेला स्थानीयवासीलाई आश्रय दिन सहज हुने विश्वास गरिएको छ ।

सम्बन्धित शिर्षकहरु