काठमाडौं । योग प्रशिक्षक बन्नु एक रमाईलो अनुभव, उत्तम योग प्रमाणीकरण प्राप्त गर्नु हो । यद्यपि तपाईंलाई कसरी योग प्रशिक्षक बन्ने बारेमा चाँसो हुनसक्छ ।
योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम पूरा गर्नको लागि केही हप्ता लाग्न सक्छ, तर प्रशिक्षकहरु योगा विद्यार्थीको रूपमा महीना वा बर्ष खर्च गर्नको लागी पूरै सिकाउनको लागी तयार देखिनुहुन्छ ।
तपाईं कसरी चाँडो प्रशिक्षण चाहानुहुन्छ र प्रशिक्षण प्रति तपाईंको प्रतिबद्धतामा पनि निर्भर गर्दछ। तैपनि, प्रशिक्षणको ब्रेकडाउन उस्तै हो।
तपाइले नि:शुल्क योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्राप्त गर्न सक्नुहुन्छ त्यो पनि अन्तर्राष्ट्रिय योग शिक्षक योग गुरु आचार्य राजन शर्मासँग । उहाँसँग प्रशिक्षणको पहुँचमा पुग्न तपाईंलाई इन्टरनेट पहुँचको आवश्यक पर्दछ । अन्य केही लाग्ने छैन् ।

नेपाल, भारत र अष्ट्रेलियाका शिक्षालय र गुरुकुलबाट योग शिक्षा तथा प्राकृतिक उपचार सम्बन्धी अध्ययन र अनुसन्धान गरेका भीमसेन सापकोटाको अध्यात्मिक नाम योगी आचार्य राजन शर्मा हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिनु भएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान राख्नु भएको थियो ।
महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुन् । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुन् ।
नेपाललाई योग गुरु देश बनाउने अभियानमा लाग्नु भएको शर्माले दैनिक अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण कक्षा सञ्चालन गर्दै आउनु भएको छ ।
उहाँले २०० देखि १५०० घण्टासम्मको योग शिक्षक प्रशिक्षण दिदै आउनु भएको छ । प्रत्येक दिन नेपाली समय अनुसार बिहान ४ बजेदेखि६ बजेसम्म कार्यक्रममा सहभागि हुन पाइने छ ।
वैदिक गणित ‘क्याल्कुलेटर’ भन्दा दश गुणा छिटो हिसाब गर्न सकिने प्राचिन वैदिक गणित र मानसिक लेखोट कलसमेतको ज्ञान हासिल गर्न पाइनेछ ।
प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको विशेष शिक्षक प्रशिक्षण योग शिविर अन्तर्राष्ट्रिय योग गुरु , दार्शनिक चिन्तक ,सकारात्मक सोच अभियन्ता आचार्य श्री राजन शर्माको प्रत्यक्ष मार्गनिर्देशनमा सञ्चालन हुनेछ ।
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज परिवार (GSPSS) समाजको आयोजनामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।
गुरुदेवको दीर्घ साधना अनुभवबाट खारिएको ज्ञान, विश्वका योगा अलायन्सको ईजाजत प्राप्त पाठ्यक्रम , विश्वका विश्वविध्यालयका अनुसन्धान र शाष्त्रियरुपले प्रमाणित हाम्रो शिक्षक प्रशिक्षण अन्तर्गतको योग पाठ्यक्रममा , रोग अनुसारको योग,संस्कृत , खगोल गणित ,वाक कला , आयुर्वेद ,प्रार्थमिक उपचार , वास्तु विज्ञान ,अंग्रेजी भाषा ,तन्त्र ध्यान ,षटकर्म,उपनिषद,वैदिक गणित अध्ययन गर्न सक्नु हुनेछ ।
आरोग्यता, वैश्विक योग्यता र जीवन रुपान्तरण: Embark on a voyage that will transform your body mind & heart !। Become a globally accepted international yoga teacher योगासन ,ध्यान मुद्राको समेत उक्त कार्यक्रमबाट लाभ लिन सक्नु हुनेछ ।
उक्त कार्यक्रममा सहभागि हुनको लागि जुम लिंक https://us02web.zoom.us/j/81882217949 मा गएर आइडी Meeting ID: 818 8221 7949 र पासर्वड gspss हानेर भित्र पस्न सक्नु हुनेछ ।
योगको उद्गम भूमि नेपाललाई योग र तपस्याको विश्वकै गन्तव्य र गुरु बनाउने आफ्नो अभियान रहेको शर्मा बताउँनु हुन्छ । अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका ‘सुखसूत्र’ का सर्जक शर्माले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएको छ ।








