अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।
साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित चयन समितिले नौ जना महिलाको नाम सिफरिस गरेको हो । उक्त समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका छन् ।
उक्त समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सिफारिस गरेको हो ।
यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।
आगामी अगष्ट महिनामा अमेरिकाका एक कार्यक्रम गरि सिफारिस गरिएकाहरूलाई पुरस्कृत गरिने जनाइएको छ ।






