अस्ट्रेलिया । अस्ट्रेलियाले भारतमा रहेका आफ्नो नागरिकलाई फिर्ता गर्न हवाई उडान पुनः सुरु गर्ने भएको छ। अस्ट्रेलियाले भारतबाट स्वदेश फर्र्किने नागरिकलाई पाँच वर्ष जेलसहित जरिवाना गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री स्कट मोरिसनको अर्को आलोचना भएपछि अस्ट्रेलियाले पूनर्विचार गरेको हो। शुक्रबार मोरिसनले मे दोस्रो साता तीन ‘फ्लाइट’मार्फत ९०० नागरिक फिर्ता गर्ने घोषणा गरेकाछन्। हाल ९ हजारको हाराहारी नागरिक भारतमा रहेका जनाइएको छ।








