नागरिक स्टक डिलरले यी ३९ कम्पनीको मात्र शेयर किनबेच गर्न पाउने (सूचीसहित)

काठमाडौ । नागरिक स्टक डिलर कम्पनीले नेप्सेमा सूचीकृत २२० वटा कम्पनीमध्ये ३९ वटा कम्पनीको मात्रै शेयर कारोबार गर्न पाउने भएको छ ।

स्टक डिलर यसैसाताबाट औपचारिक रुपमा बजार प्रवेश गर्ने तयारी गरेपछि नेप्सेले कम्पनीले किनबेच गर्न पाउने कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

योग्य कम्पनीमा २६ वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त वित्तीय संस्था, नेपाल टेलिकम र तारागाँउ रिजेन्सी होटल रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ ९ गते नागरिक स्टक डिलरलाई सञ्चालन अनुमति दिएको थियो । फागुन १ देखि लागू हुने गरी बोर्डले अनुमति दिएको हो । पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थालाई अनुमतिपत्र प्रदान गरिएको हो । पुँजी बजारमा हाल साना लगानीकर्ताको बाहुल्य रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति छ ।

सम्बन्धित शिर्षकहरु