२०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक, ४ दिन बिदा थपियो (राजपत्रसहित)

काठमाडौं । वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। प्रकाशित सूचनामा २०७७ सालको तुलनामा २०७८ सालमा चार दिन थप भएको छ ।

यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ।

त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ। यसअघि गणतन्त्र दिवसको विदा पनि कटौति गरिएको थियो। यद्यपी २०७८ जेठ १५ मा शनिबार परेको छ।

 

सम्बन्धित शिर्षकहरु