राजधानीका सडकको रिपोर्टकार्ड : ६ सडकमा ६०२ जनाको मुद्दा

काठमाडौं । राजधानीका अधिकांश सडक सम्पन्न हुनुपर्ने म्याद सकिएको छ । काम आधा पनि भएको छैन । ठेक्का लिन प्रतिस्पर्धा गर्ने व्यवसायीले निर्माणमा उदासीनता देखाउँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

तर, ठेकेदारका पनि आफ्नै तर्क छन् । कतै अख्तियारको छानबिन, कतै अदालतको अन्तरिम आदेश र कतै स्थानीयको अवरोधले काम अगाडि बढाउन नसकिएको भन्दै उनीहरू पन्छिने गरेका छन् । काम नगर्ने र बहाना खोज्ने ठेकेदारहरूलाई सरकारले कारबाहीको नीति अख्तियार गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्झौता सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाही आयोजना रुग्न अवस्थामा पुग्ने महत्वपूर्ण कारण देखिएको छ । ठेकेदारहरुलाई आफ्नो ठेक्कालाई जति ढिलाई गर्यो उत्ति ‘भेरियसन अर्डर’ मार्फत फाइदा लिन सक्ने भएकाले काम करिब सम्पन्न भएपछि अन्तिम (फाइनल) विल पेस नगर्ने चलन रहेको छ ।

ठेक्का सम्झौता तोकिएको समयमा गरियो भने भेरियसन अर्डरमार्फत थप रकम दाबी गर्न पाउदैनन् । यसकारण थप रकम विभिन्न शीर्षकमा दाबी गर्न पनि कामलाई लम्बाइने गरेका छन् । त्यति मात्र होइन, कतिपय ठेकेदार ठेक्का लिएपछि वेपत्ता हुने र सम्बन्धित कार्यालयको सम्पर्कमा नरहने गरेका समेत छन् ।

सम्बन्धित शिर्षकहरु