काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २९ गते (बिहीबार)
दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ ३० गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन ०१ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।








