
———
पृथ्वीको भचक्रले तन्काउँदो रहेछ
शरदलाई पनि हेमन्ततिर
सयपत्री फुली फक्री झरे
गोदावरी फुली फक्री झरे
तर खसेन दिदीबहिनीको तिहार
जून उसरी नै चिहाइरहेछ
दाईको निधारमा
जस्तो पोहर पराहार ।
घाँम चिसिन थालिसकेको छ
दिदीबहिनीका रहरहरू कक्रिन थालिसकेको छ
कोरोनाले डामेका मनहरू
हावासँगै उडेका लक्ष्यहरू ,रहरहरू र रमाइलोहरू
सबै सबै ढिकिमा घान लागेकाछन्
र कुटिरहेछ क्रुर समय भक्र्याङ् भक्र्याङ्
सायद सयपत्री र मखमलीहरू फलिरहेछन् नानीहरू
नाङ्लोमा
टुक्राटुक्रा ,कनिका,कनिका
कस्तो बन्ला त माला
दिदी खुइय गर्छिन्
निधारमा हात लाएर पारीको डाँडा
एकनास हेरेर
ढिकि बज्दैछ रित्तै भक्र्याङ्
नाङ्लो निफन्दैछ पट्याँस्।






