मौसम पूर्वानुमान : नेपालमा पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

देशको पहाडी भू–भागमा आंशिक बदली भए पनि अन्य भू–भागको मौसम भने सामान्यता सफा रहनेछ।

यस्तो छ तीन दिनको पूर्वानुमान

कार्तिक १९ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

कार्तिक १९ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २१ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पदयात्रामा पीसीआर रिपोर्ट अनिवार्य

सम्बन्धित शिर्षकहरु