भिक्टोरियाबाट वेस्टर्न अष्ट्रेलिया आउनेहरु अब होटल क्वारेन्टिनमा बस्नु नपर्ने

अष्ट्रेलिया । अष्ट्रेलियामा भिक्टोरिया राज्यबाट वेस्टर्न अष्ट्रेलिया आउनेहरु अब होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ। वेस्टर्न अष्ट्रेलिया सरकारले भिक्टोरियाबाट अष्ट्रेलिया आउनेहरु अब १४ दिनको होटल क्वारेन्टिन बस्नु नपर्ने बताएको हो।

सरकारले अन्य देशबाट आएका व्यक्तिहरुलाई होटलमा व्यवस्थित रुपले राख्नको लागि र होटलमा पर्ने चापलाई कम गर्नको लागि सो निर्णय गरिएको बताएको छ। होटल क्वारेन्टिनमा बस्नु नपरेतापनि भिक्टोरियाबाट आउनेहरु आफ्नै निवासमा या आफूले रोजेको ठाउँमा क्वारेन्टिन भने अनिवार्य रुपमा बस्नुपर्नेछ।

वेस्टर्न अष्ट्रेलियामा भिक्टोरियाबाट आउने सिमित व्यक्ति र सिमित सावरीसाधनलाई मात्र प्रवेश गर्न दिइएको छ। भिक्टोरियाबाट वेस्टर्न अष्ट्रेलिया प्रवेश गर्दा उनीहरुको स्वास्थ्य परिक्षण गरिन्छ र क्वारेन्टिन बसेको ११ औं दिनमा फेरी परिक्षण गरिन्छ।

सम्बन्धित शिर्षकहरु