काठमाडौं । काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, शनिबार नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।








