विश्वकप अन्तर्गत आजको पहिलो खेल जापान भर्सेस कोलम्बिया

काठमाडौँ ।  विश्वकपको आजको पहिलो खेल जापान भर्सेस कोलम्बिया रहेको छ । विश्वकपमा बलियो खेल प्रदर्शन गर्दै आइरहेको कोलम्बियाले जापानलाई पराजित गर्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

तर, जापानलाई कमजोर नसोच्न समेत उनीहरुले भनेका छन् । विश्वकपको ग्रुप एचमा सबैभन्दा बलियो टोली मानिएको एसियाली टोली जापान हो । उसको विश्वकप अनुभव पनि राम्रो रहेको छ ।

विश्वकपमा सानदार खेल प्रदर्शन गर्न जापान धेरैपटक सफल भएको छ । यसपटकको विश्वकपमा पनि नकआउट चरणमा जापान पुग्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

सन् १९३८ मा विश्वकपमा छनोट भएता पनि राजनीतिक अवस्था प्रतिकुल नभएका कारण जापानले विश्वकप खेल्नाबाट पछि हटेको थियो । सन् १९९८ आएपछि बल्लमात्र जापान विश्वकपका लागि छनोट हुन सक्यो ।

विश्वकप इतिहास
विश्वकपमा उपस्थितिः ५ पटक
बेस्ट फिनिसिङः ९ औ स्थान, २००२
पछिल्लो विश्वकपः ग्रुप स्टेजबाटै आउट

इटालियन प्रशिक्षक अल्बर्टो जाचोरोनीले सन् २०१० देखि जापानको जिम्मेवारी सम्हालेका छन् ।

गोलरक्षकः इजी कावासिमा, सुसाकु निषीकाआ, सुइची गोण्डा

कावासिमा, हिगासिगुची, नाकामुरा, नागामोता, माकिनो, योसिदा, एच. साकाइ, जी साकाइ, सोजी, इन्दो, ऐडा, हसिबी, इणगुची, योआमा, होण्डा, इउइ, कागवाना, यामागुची, हारागुची, उसामी, सिवासाकी, आसमिना, मिसाओ, ओकाजाकी, ओसाका, मुतो, असानो

कोलम्बिया

कोलम्बियाका चर्चित खेलाडी हुन् जेम्स रोद्रिगेज । उनले यस विश्वकपमा पनि सानदार खेल प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

जापानलाई पराजित गर्नै पर्ने दबाबमा रहेका कोलम्बिया यसपटक अर्को चरणमा जाने बलियो टिमका रुपमा लिइएको छ ।
विश्वकप उपस्थितिः ६ पटक
बेस्ट फिनिसिङः क्वाटरफाइनल, २०१४
पछिल्लो विश्वकपः २०१४

 

सम्बन्धित शिर्षकहरु