अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रवक्तामा गोबर्द्धन पूजा मनोनित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को प्रवक्तामा कवि तथा साहित्यकार गोबर्द्धन पूजा मनोनित भएका छन् । अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

समाजको प्रवक्तामा मनोनित गोबर्द्धन पूजा साहित्य र पत्रकारितामा सक्रिय व्यक्ति हुन् । अन्‍नपूर्ण पोस्ट दैनिकमा संलग्‍न रही करिब दश वर्ष पत्रकारिता गरेका पूजाले त्यसअघि धेरै साप्ताहिक पत्रिकामा काम गरेर पत्रकारिताको अनुभव संगालेका छन् ।

१० वर्ष अघि अमेरिका पुगेपछि अनेसासका विभिन्‍न पदमा रहेर काम गरेका पूजाले समाजको महासचिवमा दुई कार्यकाल बिताएका थिए । हाल अनेसासको वरिष्ठ उपाध्यक्ष रहेका पूजा दुई वर्षका लागि समाजको प्रवक्तामा मनोनित भएका हुन् ।

सम्बन्धित शिर्षकहरु