कवि महेश्वर शर्मा अनेसास केन्द्रीय सदस्यमा मनोनित

असनेपालन्युज, सिड्नी । संजीव अर्याल ,कवि, लेखक तथा असनेपालन्युजका सिड्नी संपादक महेश्वर शर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । अनेसासाको हालै सम्पन्न केन्द्रीय वैठकले सर्वस्सम्मत निर्णय गर्दै अष्ट्रेलियाका महेश्वर शर्मा र बेलायतकी माया गुरूङलाई मनोनित गरेको हो । अनेसासको संसोधित बिधान अनुरुप हालै १५ सदस्यीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको थियो । बिधान अनुरुप एकजना अनिवार्य महिला सदस्यसहित दुईसदस्यको मनोनयन गरिएको हो । समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
को हुन् शर्मा !
केन्द्रीय सदस्यमा मनोनित सदस्य शर्मा सन् २००८ देखि अष्ट्रेलियामा बसेर नेपाली भाषा र साहित्यको सेवामा सक्रिय छन् । सन् २०१५ मा अनेसासको सदस्यता लिएका शर्माले सिडनी च्याप्टरमा महासचिव र अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनको कविता सङ्ग्रह ‘प्रवासका जूनहरू’ प्रकाशित छ । यसैगरि सन २००१ देखि बेलायत बसेर बिभिन्न पत्रपत्रिकामा कविता प्रकाशित गर्दै आएकी मनोनित सदस्य गुरुङले दुई कार्यकाल बेलायट च्याप्टरमा सदस्यका रूपमा बसेर कार्य गरेकी छिन । उनको कविता – सङ्ग्रह प्रकाशोन्मुख छ । अध्यात्म साधक ,विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका केन्द्रिय सचिव समेत रहनु भएका शालिन व्यक्तित्व शर्मा अष्ट्रेलिया सिड्नी नेपाली समुदायका एक कुशल वैदिक पंण्डित समेत हुनुहुन्छ । मनोनित सदस्यको कार्यकाल दुई बर्षको रहने छ । अश्ट्रेलिया बाट केन्द्रीय उपाध्यक्ष्यमा राजेश बुढाथोकि यस अघि निर्विरोध चयन भईसक्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु