नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । बार्सिलोना नापोलीलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकाल्दै समग्रमा ४(२ गोलसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा मेस्सी, लुइस स्वारेज तथा क्लेमेन्ट लेङ्गलेटले गोल गरे । नोपोलीका लागि लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए ।

सम्बन्धित शिर्षकहरु