पल्तिरका कुरा

पल्तिरका कुरा

पहराको पुछारतिर हाम्रो घरअनि पश्चिमपट्टि पन्ध्र हातको करेसाबारीले जोडिएका हामी – म र जुगल दाइ । यी दाइ १५ वर्षअघि आफ्नै राजीखुसीले हाम्रो सँधियार बन्न आइपुगेका । विगत डेढ दशकको उनी र उनका जहान-परिवारको कार्य-मूल्याँकनका आधारमा उनको छिमेकीपन सन्तोषजनक नै मान्न सकिन्छ ।

—————————————–

हुन त ‘सँगै बस्दा आमाछोरीको त गोडा लाग्छ’ पनि भन्छन्। जाडोको महीना थियोएकचोटि म र मेरी बुढी घामलाई पछ्याउँदै झ्यालमा बसेर उखु चुस्दै थियौं । एक-अर्कालाई हेर्दै उखुको आनन्द लिइरहँदा रोमान्चक वातावरण बन्दैथियोअचानक ठाक-ठुकको आवाजले क्रमभँग गरिदियो । यसो हेरेकोपल्तिर सान्दाइ (जुगल दाइ आफ्ना तीन दाजु-बहिनीका माहिला भएकाले नाल-नाता र चिन्नेजान्नेले ‘सान्दाइ’ भन्थे) कोदालो लिएर करेसाबारी खन्दै हाम्रै झ्यालमुनि आइसकेका रहेछन् । खै कुन गीत गुन्गुनाउँदै काममा मग्न थिए कुन्निमैले जति बल गरेपनि खुट्याउनै सकिन ।

त्यस्तैमा मैले हेर्दाहेर्दै उनको कोदालोले हाम्रो साँधको किलो नै उछिट्याइदियो ! तिनले मास्तिर हेरेहामी दुईको आँखा केहीबेर जुधाजुध भयो – टेलिश्रृँखलामा केहीबेर पात्रहरू अडिए जस्तो । घटनालाई नाटकीय बनाउन फोस्राको हाँगामा बसेको काग पनि दुइचोटि कराउन भ्याइसकेको थियो । तर तत्कालै सान्दाइले हत्पताउँदै किलो खोजेर त्यहीं ठाउँमा दुरूस्तै गाडे । त्यसलाई यथास्थितिमै छोडेको भए मेरो बाँकी रहेको उखुले झ्यालबाट उनीसम्मको लामो दुरी तीव्रगतिमा तय गर्ने कुरामा उनी शायद अनभिज्ञ थिएनन्तर भूलसुधार गरेर उनले सम्बन्ध सुमधुर राख्न चाहेको सन्देश दिए । आखिर बाजे-बज्यैले हाड-छाला घोटेर जोडेको माटो पो त !

———————-

जग्गाको विवाद पनि कहिलेकाहीं जटिलै हुने रहेछ । बाले स्वर्गे‘ हुनुअघि अहिले सान्दाइले जोतभोग गरिरहेको बारीको सानो पाटा हाम्रो पुर्खौली भएपनि पछि मुद्दा-मामिला परेकोर विपक्षीले पैसा खुवाएर हामीले मुद्दा हारी जग्गा गुमाउन परेको बताउनुहुन्थ्यो ।

पैसाकै कुरा गर्दा हाम्रै गाउँटोलमा नियमबमोजिम हुनुपर्ने काममा रकम खान माग गर्दा सेवाग्राहीले मुखमा पैसा कोचाएर घुसाभिलाषी कर्मचारी अस्पताल भर्ना गर्न परेको समाचार सेलाउन नपाउँदैगर्न नमिल्ने कामको फाइल पास गराइदिन लोभ/धम्की दिन खोज्ने सेवाग्राहीलाई एकजना ईमानदार कर्मचारीले जेलको बास गराएको घटनाले बजार तातिएको थियो ।

——————————————————

जति थोरै बोल्नेसुनेका कुरा पनि पेटमै पचाइदिने जुगल दाइउही अनुपातमा धेरै बोल्ने र मुख खोलेपछि नबिसाउने उनकी अर्धान्गिनी खगीसरा भाउजू । तर बोलीभन्दा प्रख्यात/कुख्यात भाउजूको हाँसो । उनका अगाडि जस्तै हँसाउन नजान्ने मान्छे पनि आफूलाई हाँस्यकलाकार सोच्दो हो । ‘हि..हि..हि..’ गरेर छुटेको भाउजूको हाँस्य-रेल कहाँ पुगेर रोकिने वा ठोकिने हो जुगल दाइले पनि भेउ नपाउने । उस्तै परिचितअझ भनौं ट्रेडमार्क जस्तै उनको काइँयो । आजसम्म जतिपटक खगीसरा भाउजूलाई देखे वा भेटेको छुदशमा नौपटक उहीं कालो काइँयोले कपाल कोरिरहेकी नै पाएको छु । जिन्ग्रिन्गँ परेर हिंड्नभन्दा बरू सँधै कोरीबाटी बस्नु नै बेश भनेर होला शायद।

—————————————————-

यी जोडीको एउटै छोरा छ हालसम्म । उसको भने अलग्गै विशेषता थियो – छरछिमेक नै थर्किने गरेर रोइदिनेअझै ठीक्क स्कुल जानेबेलामा । फेरि भावनात्मक भयादोहन (Emotional blackmail) गर्न यति सिपालुभनेको कुरा भयो भने रूँदा-रूँदै अचानक रोकेर ‘हे-हे-हे’ गरेर हाँस्न सक्ने । त्यो नानीको यो बानीले केही समय एउटा फाइदा भने गराएकै थियो- बिहान डिउटी जाँदा घडी हेर्नै नपर्ने ! यसो घर-गृहस्थीकै काममा आफ्नै सुरले लागिरह्यो; “ह्वाँ-ह्वाँ” गरेको सुनेपछि ‘ए दुलही खाना तयार गर हैम आएँ’ भन्योउता ‘हे-हे-हे’ हुँदासम्म मैले पहिलो गाँस हालिसक्ने । तर यो व्यवस्था धेरै टिकेन ।

——————–

एकदिन म छिंडीको सरसफाइ सकेर पींडीको काम गर्दै थिएँ, ‘आज बिहान कति लामो भएको’ सोच्दैकेटो त एउटा हातमा ललीपप चुस्दै मस्तसँग झोला बोकेर मेरै अगाडिबाट पो लम्किन्छ! ‘धोकेबाजआज प्रक्रिया पुरा नगरी स्कुल हिंडेको?’ मनमनै बाल-गाली गर्दै दौडादौड गरेर आन्द्रा र पेटै पोल्ने गरेर तात्तातो भातदालतरकारी घोलेर खाएकोमेरी दुलही बिचरी ढोकामा बसेर जिब्रो टोक्दै थिइन् । आधीसास फेर्दै अफिस पुग्दा पनि आधा घण्टा ढीलो भएछ । नयाँ आएको हाकिमले जागिर खाइदिन्छु भनेर कस्तो थर्काएको । उसमाथि तातोभातले पोलेको जिब्रो दिनभरी घोचेजस्तो भइरहेको । अर्काको भर परेर को ऊँभो लागेको थियो र !

——————————————————-

एक रात भने झुपुक्क निदाउनै लागेको थिएँ- “तलाईं” । के-भोके-भो भनेर आत्तिंदै उठेको पल्तिर भित्तै छेडिने आवाजले बाझ्न लागेका रहेछन् । सान्दाइको आवाजलाई पनि माथ दिने गरेर भाउजू चिच्याउँदा हामी बूढा-बूढी दुबै कान थुन्न बाध्य भयौं । त्यसपछि त्यति कराएको सुनिएनगुनगुन मात्र गरिरहेथेमिलापत्र भएछ के’रे । अर्काको कुरामा धेरै चासो दिन ठीक हैन भन्छन्तर साँध-सिमान जोडिएपछि केही कुरामा चासो लिनैपर्ने पनि हुँदोरहेछ ।

——————————————————–

दशैं आउन लागेको बेलावरपर छुट्टै चहलपहल थियो । बुढीले घरको ठूलो दियो पुजामा चलाएकी हुनाले सेलरोटी बनाउन चट्ट परेको दियो खगीसरा भाउजूसँग मागेकी रहिछन् । म बजार जान लागेकोले त्यो पनि फर्काइदिन्छु भनेर सान्दाइको आँगनमा पुगें । ढोका ढप्पमात्र पारिएकोताल्चा लागेको थिएन । पींडीको खाटमा भाउजूको उहीं कालो काइँयो बसिरहेको, ‘मतलब उनी यतै हुनुपर्छ’ । “भाउजू”, “सान्दाइ”केही उत्तर आएन । ढकढक गर्नुपर्यो भनेर सोच्दै थिएँ अचानक ढोका खुल्यो । सींडिमा उक्लन खुट्टा उचाल्न लाग्दैगर्दाजुगलदाइले सँधै भिरेर हिंड्ने नीलो गलबन्दी नागबेली पर्दै मेरै सामुन्नेबाट बाहिर हुत्तियो । लगत्तै क्लिप जस्तै देखिने वस्तु पुतली उडेझैं आकाशमा बिलायो । भित्र भाँडा बजेजस्तो आवाजसँगै द्विपक्षीय भिडन्त आरम्भ भइसकेको आभास भयो । त्यस ‘गृह-युद्ध’लाई निर्णायक विन्दुसम्म पुग्न छोडेर सुरक्षित स्थानतिर लागौं भन्ने विचार आएपनि मनले मानेन । “सान्दाइ”, “भाउजू”फेरि बोलाएँ । केहीछिनमै “एबाबु”भन्दै खगीसरा भाउजू हाँस्दै निस्किन् । सँगसँगै “एभाइ पो”सान्दाइ पनि निच्च गर्दै देखापरे । सँधै कोरेर टिलिक्क पर्ने भाउजूको कपाल गुजुल्टिएको थियो- उता सान्दाइको देब्रे गालामा सानो धब्बा गाढा नीलोबाट क्रमश: फिक्का नीलो हुँदैथियो । “हजुर मै हो”दियो बुझाएर आफ्नो बाटो लागिहालें ।

—————————————————–

समय फेरिंदो रहेछपल्तिर बाबु पनि हुर्कँदै गयो । घर हल्लाउने गरी कराउने बानी त उसको पहिले नै सुध्रिएको (सम्झँदा अझै जिब्रो पोलेजस्तो हुन्छ)निद्रै ब्युँझाउने उसका बाबा-आमाको कलह पनि आजकल सुनिंदैन । बाहिर भेट्दा पनि दुबै कुम जोडेर हिंडेका देखिन्छन् । कस्तो भर्खरै ब्या‘ गरेको दुलहा-दुलही जस्तो मिलती”, सबैले भन्छन् । पश्चिमपट्टिको झ्यालको गमलामा पनि अचेल गुलाफ मुस्कुराइरहेको हुन्छ ।।।

–          प्रविण टण्डन “वसन्तप्रवीण”

         सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com

 ——————————————————————————————-

सम्बन्धित शिर्षकहरु