भारी वर्षाका कारण भारतको केरलामा विमान दुर्घटना,१७ को मृत्यु,१२३ घाइते

काठमाडौं । दुबईबाट आएको एयर इन्डियाको हवाईजहाज भारत स्थित केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा भएको दुर्घटनामा १२३ जना घाइते भएका छन । घाइते मध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइको छ ।
अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।दुर्घटनामा पाइलटको समेत मृत्‍यु भएको छ ।

भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको कारण तेस्रो पटकको प्रयासमा विमान दुई टुक्रा भइ दुर्घटना भएको हो ।

हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार रहेको विमानमा क्याबिन क्रुका चार जना सदस्य भने सकुशल छन् ।

सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु आएका थिए ।

भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले दुर्घटनाको जाँच गर्न दुई वटा कमिटी गठन गरिएको जानकारी दिए ।

दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन ।
क्षतिको विवरण भने आइसकेको छैन। केही घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको बताइएकाे छ। विमान दुई टुक्रा भएपनि आगलागी भने नभएको बीबीसी हिन्दीले जनाएको छ ।

घटनालाई लिएर भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु