सप्तरीको लौनियाँका बालकदेखि वृद्व सम्म २५ जनामा कोरोना

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार सो वडामा ४ वर्षीय बालकदेखि ७१ वर्षका वृद्वमा आइतबार एकैदिन संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा ४ वर्षका दुई जना बालक, १५ वर्षीया एक किशोरी, ५५ वर्षीया एक महिला, ३५ वर्षीय तीन जना पुरुष तथा २६ , २२ र ४२ वर्षीय दुई/दुई जना पुरुष छन् । यस्तै ४७, ४०, २०, ४५, ३८, ३६, ३१, २४, ३८, ७१, ६० र एक जना उमेर नखुलेका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

आइतबार सप्तरीमा २७ जना नयाँ संक्रमित फेला परेकोमा २५ जना तिलाठी कोइलाडी गाउँपालिका-२ का थिए । अन्य दुई जना भने राजविराजका ४० र २८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

आइतबार २७ जनामा संक्रमण पुष्टि भएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि पुगेको छ । सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय २४ पुगेको छ ।

लौनियाँका २५ जना संक्रमित मध्ये धेरै जना भारत आवतजावत गर्ने गरेका थिए ।

केही संक्रमित भने एकसाता अघि विष सेवनपछि संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति हुन ।

सम्बन्धित शिर्षकहरु