पाल्पा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, २ को अवस्था अझै गम्भीर(अपडेट)

पाल्पा । पाल्पाको रम्बा गाउँपालिका–४ हुमिनस्थित भित्री सडकमा तानसेनस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरु अवलोकन भ्रमणको लागि रामपुरतर्फ जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस शुक्रबार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

दुर्घटनामा ३ महिला र ८ पुरुषको घटनास्थलमै, १ पुरुषको उपचारको लागि अस्पताल लैजानेक्रममा बाटैमा तथा १ महिलाको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य १० जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु