रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न:

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाकाे एक मानविय कार्य:

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाकाे आयोजनामा सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हिजो २६ जुलाई २०२० आईतबारका दिन अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टरमा १४ जनाले रक्तदान गरे। सो ब्लड डोनर सेन्टरमा ११ रक्तदाताहरुले होल व्लड र बाँकी ३ ले प्लाज्मा दान गरेको कार्यक्रम संयोजक मुक्तिराम पोखरेलले बताए।

“कोभिड १९ ले विश्व आक्रान्त पारिरेकोछ। मानवजातिले मानवलाईनै बंचाउनु र बाँच्ने आधार बनाउनु सबैभन्दा ठूलो धर्महो । यहि उक्तिलाई आत्मसाथ गर्दै, यो अवस्थामा अन्य कारणले पनि मान्छेहरुको ज्यान गइरहेको छ,दिन मिल्ने चिज दिँदा हुन्छ लिंदा भन्दा दिँदाको मज्जै बेग्लै हुन्छ ” संस्थाका अध्यक्ष ईश्वर पोखरेलले बताए। साथै उनले रक्तदान कार्यक्रममा सहभागिहुने सबैमा धन्यबाद दिए।

तस्बिरहरु: 

सो डोनर सेन्टरमा ईश्वर पोख्रेल, रोशन कोईराला, दिवाकर काफ्ले, अर्जुन गैरे, मुक्तिराम पोखरेल,रवि के.सि,लक्ष्मि न्यौपाने, सरोज पाण्डे, पदम अधिकारी, सिमा थापा, चुन्ना क्षेत्रि, कमल भण्डारी,प्रदिप खनालले रक्तदान गरेका थिए ।

कार्यक्रममा संस्थाका  संथापक अध्यक्ष राज खनाल साथै महिला सह संयोजक तुल्सा पाण्डेको पनि सहभागिता रहेको थियो । संस्थाले आफ्नो स्थापनाकाल देखिनै विभिन्न परोपकारी कार्यहरु गर्दै आईरहेको छ।सो कार्यक्रम बिहान ९ बजेबाट सुरु भई  दिउंसो  १:३० मा समापन भएको थियो।

सम्बन्धित शिर्षकहरु