नेपालमा १७ वर्षीया किशोरीको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं  । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर ८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको हो।

मृत्युपछि युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो ।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

सम्बन्धित शिर्षकहरु