असोज ७ । काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अप्ठ्यारो अवस्थामा भएको बेला जे गरेपनि हुन्छ भनेर मित्र राष्ट्रले सोच्न नहुने बताएका छन् । उनले अंगीकृत नागरिकता पाउनेबित्तिकै कोही पनि राष्ट्रपति वा प्रधानमन्त्रीको दाबेदार हुन नसक्ने पनि स्पष्ट पारे ।
‘नेपालमा आकारमा सानो छ, विकासमा पछाडी छ, अलि अप्ठ्यारो अवस्थामा छ, यस्तो बेलामा जे गरेपनि हुन्छ भनेर हाम्रो भनेर हाम्रा मित्रले सोच्नु हुन्न,’ साहना प्रधान प्रतिष्ठानले स्व. प्रधानकाृ स्मृति दिवसमा बुधबार आयोजना गरेको नयाँ संविधान र भावी कार्यदिशा’ विषयक कार्यक्रममा ओलीले भारतको नाम नलिएपनि सांकेतिक रूपमा चर्को असन्तुष्टि प्रकट गर्दै भने ।
भारतले संविधान संशोधन राखेको भनिएको सातबुँदे प्रस्तावको उनले ना नलिई प्रतिवाद गरेका थिए । ‘अंगीकृत नागरिकता पाएपछि व्यापार व्यवसाय गर्न पाइन्छ, अरू सबै सुविधा पाइन्छ, तर त्यो प्राप्त गरेको वर्षमा किन चाहियो प्रधानमन्त्री र राष्ट्रपति?’ ओलीले प्रश्न गरे । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








