बाढी र पहिरोको कारण २८ जिल्लाका ११३ को ज्यान गयो

काठमाडौं । यस वर्ष नेपालमा मनसुन सुरु भएदेखि हालसम्मको अवधिमा १ सय १३ जनाको ज्यान गएको छ ।

असारको अन्तिमबाट सुरु भएको मनसुनका कारण विभिन्न २८ जिल्लामा गएको बाढी र पहिरोमा ११३ जनाले ज्यान गुमाएका हुन् ।

बाढी र पहिरोमा परी हालसम्म विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य जारी राखिएको केन्द्रीय प्रहरीको तथ्याङकले जनाएको छ ।

प्रहरीका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टाेली खटिएको छ ।

प्रहरीका अनुसार हालसम्म मनसुनजन्य विपदबाट सबैभन्दा बढी म्याग्दीमा २८ जनाको मृत्यु भएको छ भने जाजरकोटमा १२, तनहुँमा ११ र कास्कीमा १० जनको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षकहरु