नेप्सेमा उच्च अंकले वृद्धि : एकै दिन चार अर्ब माथिको सेयर किनबेच

काठमाडौं । काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से उच्च अंकले बढेको छ ।
नेप्से आज ५० दसमलव ९३ अंकले बढेर १५ सय ९६ दसमलव १३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ४९ अंकले बढेर तीन सय ३६ दसमलव पाँच बिन्दुमा चढेको छ ।

एक सय ८० कम्पनीहरुको ३२ हजार एक सय ५४ वटा कारोवारमा ९९ लाख छ हजार नौ सय ८९ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ५० दसमलव ४७ अंकले बढेर १३ सय ५६ दसमलव ८६ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक ३० दसमलव ६६ अंकले बढेर दुई हजार २५ दसमलव पाँच बिन्दुमा चढेको छ ।

जलबिद्युत समुहको सुचक पनि पाँच दसमलव १८ अंकले बढेर ११ सय २३ दसमलव ८० बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ३३ दसमलव ५१ अंकले बढेर सात हजार पाँच सय ६८ दसमलव ५५ बिन्दुमा चढेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको संस्थापक सेयरको मुल्य १० रुपैयाँले बढेर छ सय ७१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ २९ पैसाले घटेर एक सय ८८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १४ सय ९४ रुपैयाँ अन्तिम मुल्यमा २१ करोड ९९ लाख ४७ हजार दुई सय ५७ रुपैयाँमा कारोवार भएको छ ।

सम्बन्धित शिर्षकहरु