असनेपालन्युज ,सिड्नी । विश्व काब्य गोष्ठी तथा दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सिड्निमा आयोजना गरिएको छ ।
विगतका बर्षहरुमा जस्तै हरेक दुई बर्षमा यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजना हुन लागेको हो । अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन यस बर्ष यही मार्च ४-६, २०१६ मा अस्ट्रेलियाको सिड्नी शहर (Metro Hotel Marlow Sydney Central 431-439 Pitt Street, SYDNEY NSW 2000) मा विशेष रुपमा दोश्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काब्य गोष्ठी आयोजना हुने अनेसासका केन्द्रिय अध्यक्ष पदम् विश्वकर्मा बताउनुहुन्छ । सो सम्मेलनमा विश्वका विभिन्न मुलुकका साहित्यकारहरुको उपस्थिति रहने र कार्यक्रममा बिशेष कार्यपत्रहरु प्रस्तुति र छलफल, विभिन्न सम्मान प्रदान, काब्य गोष्ठी आदि कार्यक्रमको आयोजना हुने बताईएको छ । सो अवसरमा सबै साहित्य प्रेमिहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ । नेपाली साहित्यको विश्वब्यापिकरणको यो अभियानमा सशक्त यस संस्थाको आयोजनामा सम्पन्न हुने यस एतिहासिक सम्मेलनमा यहाँको उपस्थितिले संसारभर रहेका नेपाली भाषा साहित्यकर्मीहरुमा थप उत्साह र मनोबल प्रदान हुने कुरामा विश्वस्त रहेको माहसचिव गोवर्द्दन पूजा बताउहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) विश्वभरी नै नेपाली भाषा र साहित्यलाई उजागर गरी नेपाली पहिचानकायम गर्न स्थापित एक राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, विश्वब्यापी फैलिएको साहित्यिक संस्था भएको अस्ट्रेलिया एन एस डब्लु शाखाका अध्यक्ष महेन्द्र पौडेल असनेपालन्युजलाई बताउनुहुन्छ ।
सो कार्यक्रम सफल पार्न अस्ट्रेलियामा ५१ सदस्यीय मुल समारोह समिती समेत आयोजना भएको छ । सहभागीता तथा आजीवन सद्स्यका लागि विश्व काव्य गोस्ठिका संयोजक भीमसेन सापकोटा लाई 0434570379 मा अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन कार्यक्रमको संयोजक सानु घीमिरेलाई 0424981983
मा तथा अध्यक्ष्य महेन्द्र पौडेललाई 0411494248 मा संपर्क गर्न सकिने सो संस्थाले जनाएको छ ।वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली कार्यक्रमको तयारी अन्तर्गत विभिन्न आयोजक समिति र उपसमिति गठन गरिएको र बांकि कार्य अघि बढेको बताउनुहुन्छ ।
यस्तै डार्विन मा बासुदेव मरहठ्ठा 0420800432 , पश्चिम अस्ट्रेलियामा गणेश घिमिरे 0411329261 , भिक्टोरियामा दिक्पाल देव पङ्गेनि लाई, 0430322898 संपर्क गर्न सकिने बताईएको छ ।








