चैत ७ । बलिउड महानायक अभिताभ बच्चनको फेसबुक प्रशंसकको संख्या २ करोड नाघेको छ। त्यसैगरी ट्वीटरमा अमिताभका फलोअर्स संख्या एक करोड ३७ लाख रहेको छ।७२ वर्षीय अभिनेता अभिताभ नियमित रुपमा आफ्ना प्रशंसकलाई ट्वीटर फेसबुक र ब्लगको माध्यमबाट सम्पर्कमा रहने गर्दछन् ।
अभिताभले आफ्नो ब्लगमा लेखेका छन्–हो अब फेसबुकमा दुई करोड मानिस जोडिएका छन्, यो कहिल्यै सम्भव हुने थिएन यदि तपाईहरुको स्नेह मैले प्राप्त नगरेको भए । तपाईहरु सबैलाई धन्यवाद । अब मसँग अर्को कीर्तिमान छ ।








