थप १०८ जनामा काेराेना संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा १०८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्रालयले जनाएको छ ।

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ५३१ पुगेकाे मन्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

त्यस्तै बिहिबार १३९ जना काेराेना संक्रमित उपचार पश्चात घर फर्किएका छन । याे सँगै उपचार पश्चात घर फर्किनेकाे संख्या ७८९१ पुगेकाे छ ।
यस्तै नेपालमा अहिलेसम्म सात हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । हिजो बुधवार मात्र थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेकाे सङ्ख्या सात हजार सात सय ५२ पुगको हो ।

यो सङ्ख्या कुल सङ्क्रमितको ४७ दशमलव २ प्रतिशत हो । त्यसैगरी बुधवारसम्म क्वरेण्टीनमा २५ हजार ४० जना र आइसाेलेशनमा आठ हजार ६ सय ३६ जना रहेका छन् ।

सम्बन्धित शिर्षकहरु