बेलायती राजदूतसँग सडकको मागेपछि..

गोरखाबजार, नेपालका लागि बेलायती राजदूत जोन ¥याङकिनले विनाशकारी भूकम्पको केन्द्रबिन्दू गोरखाको बारपाक गाउँका भूकम्पपीडितसँग आज भेट गरेका छन्।

बारपाक गाउँ पुगेका राजदूत ¥याङकिनले भूकम्पपीडित स्थानीयवासीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विनाशकारी भूकम्पले गर्दा पर्यटकीय गाउँका संरचना ध्वस्त भएको भन्दै बारपाकवासीले पर्यटनका पूर्वाधार पुनःनिर्माण गर्न बेलायती सहयोग आवश्यक रहेको बताएका छन् ।

भूकम्पले बारपाक गाउँमा रहेका एक हजार ४०० घरधुरी भत्किएको थियो । राजदूत ¥याङकिनले बारपाक गाउँमा निर्माण भएका घरटहराहरूको अवलोकन गर्नुका साथै स्थानीयवासीका समस्याबारे जानकारी लिएका थिए।

राजदूतको टोली बारपाकपछि लाप्राक गाउँ पुगेको थियो । टोलीमा सहभागी गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भने, “लाप्राकीहरूले राजदूतसँग पर्यटनका पूर्वाधार खडा गर्न, पक्की सडक निर्माण गर्न आग्रह गरे ।”

स्थानीयवासीसँग भएको छलफलमा राजदूतले बस्ती विकास, पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता गरेको प्रजिअ तिमल्सेनाले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु