आजदेखि उपत्यकामा महिला बस सरर…

Bhubaneswrपुस २० ।काठमाडौ,आजदेखि उपत्यकाको विभिन्न ठाँउमा महिला बस संचालन हुने भएको छ । बागमती यातायात व्यवसायी संघले उपत्यकाको विभिन्न ठाउँमा महिला यात्रुहरुका लागि मात्र बस सेवा सुरु गरेको हो ।विभिन्न सरकारी कार्यालय तथा अरु धेरै कार्यालय पर्ने रुटमा अहिलेका लागि कार्यालय समय बिहान र बेलुका बस चलाउने संघका अध्यक्ष भरत नेपालले जानकारी दिए ।
सार्वजनिक यातायातभित्र महिला यात्रुमाथि दुर्व्यवहार हुने गरेको भन्दै त्यसलाई न्यूनकरणका लागि एउटा उपायका रुपमा यस्तो सेवा शुरु गरिएको उनले बताए ।
यो बस सेवाको आइतबार बिहान कलंकीमा उद्घाटन गरेर संचालनमा ल्याइएको हो । शुरुमा ४ वटा गाडी कलंकीदेखि, कालीमाटी, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर हुँदै कौशलटाबाट बालकोट र त्यही रुटमा फर्किने छ ।

सम्बन्धित शिर्षकहरु