काठमाडौं । उदयपुरदेखि उपचारका लागि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याइएका एक शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आइतबार अस्पातल भर्ना गरिएका ती १३ महिनाको शिशुलाई कोरोना पुष्टि भएको शुक्रबार थाहा भएको थियो ।
कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।
अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए ।
उक्त्त शिशुलाई शंकास्पद देखिएपछि आइसोलेसनमा राखिएको र कोरोना परीक्षणका लागि थ्रोट स्वाब परिक्षण गरेपछि उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालका निर्देशक डाक्टर पौडेलले जानकारी दिए ।
अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएको र आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण भइरहेको छ उनले बताए ।








