चाउमिन खाएर मृत्यु भएका दुई बालकको शव अझै उठेन

कञ्चनपुर । शुक्रबार चाउमिन खाएपछि बिरामी परी मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, देखतभूलीका दुई भाइको शव अझै उठ्न सकेको छैन ।

बालकहरुको नियोजित तरिकाले हत्या गरिएको भन्दै दोषी उपर कारबाहीको माग राखी छिमेकी तथा आफन्तहरुले शव उठाउन दिएका छैनन्।

अहिले उनीहरुको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। तर उनीहरुको अझै पोस्टमार्टम भएको छैन। मृतक बालकका छिमेकी तथा आफन्तले दोषीमाथी कारबाहीको माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्।

शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका १२ वर्षीय धन बहादुर सुनार र ८ वर्षीय टेक बहादुरको चाउमिन खाएपछि बिरामी भएर मुत्यु भएको थियो।

बालकका ठुलाेबुवा लछी सुनारले उनीहरुलाई चाउमिन पकाएर खान दिएको प्रहरीले जनाएको छ। स्थानीय गाउँलेको दवावपछि प्रहरीले मृतक बालकका ठुलाेबुवा लछी र ठुलीआमा सिता सुनारलाई शनिबार साँझ झलारी प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले घटनाको सुक्ष्म ढङगबाट अनुसन्धान भईरहेको बताए। बुवा नभएका ति दुई बालक ठुलोबुवाको घरमा बस्दै आएका थिए।

सम्बन्धित शिर्षकहरु